काठमाडौं । लगातार तेश्रो दिन पनि सेयर बजार घटेको छ । बुधबारको सेयर मूल्य मापक नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा झरेको छ । जुन गत आइतबारको तुलनामा ०.८२ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन ७ अर्ब ११ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २४ करोडको सेयर किनबेच भएको छ ।
बजारमा ३०७ वटा स्क्रीप्स कारोबारमा आएका छन् । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम्को १८ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
घटेको बजारमा पनि चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा कम र ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
टप लुजरको शीर्ष स्थानमा बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशत, हिमालयन हाइड्रोपावरको ९.९९ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ससेयर मूल्य ९.८२ प्रतिशतले घटेको छ ।