आधा दर्जन बैंकको साढे ३३ करोडको सेयर बेच्दै प्रुडेन्सियल र गणेश प्रोपर्टिज

<p>काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टले आधा दर्जन बढी कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेका छन् । यी दुवै कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल १८ लाख २३ हजार ४६० कित्ता अर्थात् ३३ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्राइम बैंक, [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टले आधा दर्जन बढी कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेका छन् । यी दुवै कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल १८ लाख २३ हजार ४६० कित्ता अर्थात् ३३ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्राइम बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले प्राइम बैंकको ४९ हजार ७१७ कित्ता, कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८ कित्ता, प्रभु बैंकको ६८ हजार ७२९ कित्ता, प्रभु बैंकको ११० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता, आइसिएफसि फाइनान्सको ९२ हजार ६१६ कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

प्राइम बैंकको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ, कुमारी बैंकको १ सय रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२० रुपैयाँ, आइसिएफसि फाइनान्सको १७५ रुपैयाँ र नेपाल लाइफको ३२५ रुपैयाँ तोकिएको छ ।

यस्तै, गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले आइसिएफसि फाइनान्सको १ लाख ६१२ कित्ता र हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखेको हो । आइसिएफसि फाइनान्सको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १७५ रुपैयाँ र हिमालयन लाइफको २ सय रुपैयाँ तोकेको छ ।

आज पुस ११ गतेदेखि पुस १९ गतेसम्म लिलाम बिक्रीमा राखिएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

Share News