आज यी ३ कम्पनीको सेयर खरिद गर्यो भने लाभांश पाउने

<p>काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फस्र्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ तीनै कम्पनीले पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक [&hellip;]</p>

काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फस्र्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ तीनै कम्पनीले पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।

हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १५औं वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंमा बिहान १० बजे डाकेको हो ।

तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले २७औं वार्षिक साधारणसभा पुस २४ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १४औं वार्षिक साधारणसभा पुस २८ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।

Share News