काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।
बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
कम्पनीले पुस २९ गते २९औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा विहान ११ बजे कम्पनीको कार्यालय हातिसार काठमाडौंमा गर्ने कम्पनीले जनाएको छ ।