अपि पावरले डाक्यो वार्षिक साधारण सभा, छैन लाभांश प्रस्ताव

<p>काठमाडौं । अपि पावर कम्पनीले आगामी पुस २७ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर व्याङ्क्वेटमा आफ्नो २० औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विभिन्न वित्तीय विवरणहरु स्वीकृत गर्दै [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनीले आगामी पुस २७ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर व्याङ्क्वेटमा आफ्नो २० औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विभिन्न वित्तीय विवरणहरु स्वीकृत गर्दै छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्न कम्पनी सञ्चालक समितिको प्रस्ताव छ ।

त्यस्तै, विशेष प्रस्ताव अन्तर्गत विभिन्न निकायहरुमा कम्पनी अद्यावधिक गर्दा आवश्यक काम गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । र, कम्पनीले विकास तथा निमार्ण भइरहेका जलविद्युत आयोजनाहरुमा थप लगानी गनेृ समेत प्रस्ताव रहेको छ ।

कम्पनीले लाभांशको प्रस्ताव भने गरेको छ । सभामा जाने प्रस्योजनको लागि कम्पनीले आगामी पुस १८ गते एक दिनको लागि बुक क्लोज गरेको छ ।

Share News