चन्द्रागिरि हिल्सको लक इनमा रहेको सेयर खुला हुने

<p>काठमाडौं । चन्द्रागिरि हिल्सको लक इनमा रहेको सेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको सेयर माघ ८ गतेदेखि खुला हुने भएको हो । कम्पनीको एक करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर हाल लक इनमा रहेको छ । जसमध्ये एक करोड ३५ लाख कित्ता संस्थापक सेयर, ३ लाख ८ हजार ८१९ [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरि हिल्सको लक इनमा रहेको सेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको सेयर माघ ८ गतेदेखि खुला हुने भएको हो ।

कम्पनीको एक करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर हाल लक इनमा रहेको छ । जसमध्ये एक करोड ३५ लाख कित्ता संस्थापक सेयर, ३ लाख ८ हजार ८१९ कित्ता स्थानीय वासिन्दाहरुको र कर्मचारीहरुको बाँकी रहेको ६१ हजार ३६४ कित्ता सेयर लक इनमा रहेको छ ।

लक इनको अवधिसकिने भएसँगै उक्त सेयरहरु बिक्री गर्न पाइने छ । तर कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेको कर्मचारीहरुले भने खरिद बिक्री गर्न पाउँदैनन् ।

नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशन बमोजिम कम्पनीले संस्थापक तथा सर्वसाधारण (कर्मचारी)को स्वामित्वमा रहेको सेयरको लक इन खुला बारे जानकारी गराएको हो ।

चन्द्रागिरिले २०७७ मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानीय बासिन्दाहरुलाई र २०७७ पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारमा आईपीओ जारी गरेको थियो ।

Share News