काठमाडौं । सोल्टी होटलको सेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनसको लागि होटलको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै होटलको सेयर मूल्य प्रतिकित्ता ४८२.८६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५०७ रुपैयाँ थियो ।
यससँगै अबको बजारमा होटलको पहिलो कारोबार प्रतिकित्ता ४८२.८६ रुपैयाँलाई आधार मानेर हुने छ ।