चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, छैन लाभांश प्रस्ताव

<p>काठमाडौं । चन्द्रागिरि हिल्सले आगामी पुस २६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १४औं साधारण सभा पुस २६ गते बिहीबार दिउँसो साढे १२ बजे कम्पनीको कार्यालय थानकोट परिसरमा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस १३ गते बुक क्लोज हुँदै छ [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरि हिल्सले आगामी पुस २६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १४औं साधारण सभा पुस २६ गते बिहीबार दिउँसो साढे १२ बजे कम्पनीको कार्यालय थानकोट परिसरमा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस १३ गते बुक क्लोज हुँदै छ ।

तर, सभामा कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । अघिल्लो वर्ष पनि लाभांश नदिएको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने जानकारी गराएको छ ।

Share News