काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ अर्थात् चुक्ता पुँजीको २० प्रतिशतका दरले ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न पुस २३ गते १९ औँ वार्षिक साधारणसभा काठमाडौंमा बिहान साढे १० बजे डाकेको छ । सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक १ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्नेछ ।