काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ ते काठमाडौंमा अपरान्ह १ बजे तेस्रो साधारणसभा बोलाएको हो ।
कम्पनीको सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कुनै उपयुक्त जलविद्युतसँग मर्जर तथा एक्विजिशनका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
यस्तै, संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।