काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै, सो दिनको बैठकले एफपीओ (थप सार्वजनिक निष्काशन) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।
कम्पनीले एक करोड कित्ता सेयर एफपीओ मार्फत निष्काशन गर्ने निर्णय गरेको हो ।