मन्दाकिनी हाइड्रोको लाभांश घोषणा, पारित गर्न डाक्यो १०औँ साधारणसभा

<p>काठमाडौं । मन्दाकिनी हाइड्रोपावर डेभलपमेन्टले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र [&hellip;]</p>

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर डेभलपमेन्टले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते काठमाडौंमा बिहान ११ बजे १०औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

सञ्चालकहरूको सेवा सुविधा बढाउने र प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस २० गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Share News