काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले सेयर बजारका लगानीकर्ता परिपक्व रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘बजारमा २० देखि ६० वर्ष उमेर समूहका लगानीकर्ता सक्रिय छन्, त्यसैले कारोबार गर्न लगानीकर्ता परिपक्व छन्, उनले भने ।
त्यस्तै, बजार हरियाली हुँदा डिम्याट खाता खोल्नेको संख्या बढेको बताउँदै उनले अन्य प्रदेशको तुलनामा बागमतीमा लगानीकर्ताको संख्या बढी रहेको समेत जानकारी गराए ।
गुणस्तरीय सेवा दिए पुँजी बजारको भविष्य उज्वल रहेको बताउँदै सीईओ आचार्यले बजारमा स्टक डिलरको संख्या अझै बढाउनुपर्ने आवश्यकता औल्याए ।