काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडलले नयाँ स्टक डिलर नाफामा मात्र केन्द्रीत नहुने बताएका छन् । बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको उद्घाटनको क्रममा बोल्दै अध्यक्ष पौडेलले सो बताएका हुन् ।
‘स्टक डिलरले नाफा कमाउन मात्रै काम गर्ने छैन, सेवामा गुणस्तर गर्नेछ,’ उनले भने । उनका अनुसार नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने छ । त्यसको लागि बोर्डको साथ सहयोगको आवश्यक पर्ने उनको भनाई छ ।
‘बोर्डसङ्ग हातेमालो गरेर अघि बढ्न तयार छौं, हामीलाई अफ्ट्यारो परेको बेलामा सहयोग गर्न नियामक तयार हुनुपर्छ,’ अध्यक्ष पौडेलले भने ।
त्यसैगरी, पुँजी बजारको दायरालाई फराकिलो बनाउन गरिएको माग विस्तारै पूर्ति हुँदै गएका छन् ।
‘पुँजीबजार धेरै सेन्सेटिभ छ, सानो घटनाले पनि असर गरिरहेको छ, पोर्टफोलियो म्यानेजमेन्ट र एडभाइजरी सेवालाई प्रभावकारी बनाउनुपर्छ, आफ्नो अनुभव सुनाउँदै उनले भने मेरो अनुभव पुँजी बजारका एक्टर वा लगानीकर्तालाई सबै सूचनाको जानकारी हुनुपर्छ तर, कहिलेकाहीँ त्यो अभाव भएको देखिन्छ ।
त्यस्तै, उनले पुँजी बजारसङ्ग सम्बन्धित कम्पनीले स्वार्थमा लागेर नचाहिने सूचना प्रवाह नगर्न समेत उनले आग्रह गरेका छन् ।