नबिल स्टक डिलरले शुरु गर्यो ब्रोकरेज सेवा, बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

<p>काठमाडौं । नबिल बैंकको सहायक कम्पनीका रुपमा नबिल स्टक डिलरको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित डिलरको उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा [&hellip;]</p>

काठमाडौं । नबिल बैंकको सहायक कम्पनीका रुपमा नबिल स्टक डिलरको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित डिलरको उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् ।

कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ ।

संस्थाले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भएपनि आज अर्थात मंसिर २९ गते औपचारिक सेवा सुरुवात गरेको हो ।

नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने विश्वास छ । त्यस्तै, यसले ब्रोकर नम्बर ७७ को रुपमा ब्रोकरेज सेवा प्रवाह गर्ने छ ।

Share News