काठमाडौं । नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ३.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३१०.३६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो ।
यससँगै आइतबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३१०.३६ रुपैयाँलाई आधार मानेर हुने छ ।