बिहीबार यी ९ कम्पनीको सेयर मूल्यमा लाग्यो सर्किट

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा विभिन्न ९ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बजारमा विभिन्न सूमहका ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो । कूल १४० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा विभिन्न ९ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बजारमा विभिन्न सूमहका ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो ।

कूल १४० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डभेलपर्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । र, सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता ३ हजार ५९१ रुपैयाँ, ६४५ रुपैयाँ, ३८२ रुपैयाँ र ३१५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, दोल्टी पावर कम्पनी र मिड सोलु हाइड्रोपावर दुबैको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३३०.५० र ४११.२० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतले बढेको छ । यससँगै बिहीबार यी दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता १९६.६० र १८९ रुपैयाँमा भएको छ ।

बजारमा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.९८ प्रतिशतले घटेको छ ।

बजारमा नेप्से परिसूचकमा सुधार आएको छ भने कारोबार रकम भने घटेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक ६.५५ अंकले बढेर १९९४.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले बढी हो ।

त्यस्तै, बुधबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयलको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६१.८० रुपैयाँ छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ छ ।

Share News