साना किसान विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो

<p>काठमाडौं । साना किसान विकास लघुवित्तले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्रले बैंकले प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएसँगै लघुवित्तले संशोधन गरेको हो । संशोधित लाभांश अनुसार अब लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित लाभांशको तुलनामा ५ प्रतिशतले घटी हो । संशोधित लाभांश अनुसार संस्थाले [&hellip;]</p>

काठमाडौं । साना किसान विकास लघुवित्तले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्रले बैंकले प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएसँगै लघुवित्तले संशोधन गरेको हो ।

संशोधित लाभांश अनुसार अब लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित लाभांशको तुलनामा ५ प्रतिशतले घटी हो ।

संशोधित लाभांश अनुसार संस्थाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांशलाई राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

यसअघि संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Share News