ग्रीन डेभलपमेण्ट बैंक र नासा सेक्युरिटिजबीच सम्झौता, सेयर कारोबार सहज हुने

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र नासा सेक्यूरिटीज कम्पनी (स्टक ब्रोकर नं. ५८) बीच निक्षेप सदस्य सेवा अन्तर्गत हितग्राही खाता खोल्ने सम्बन्धी सेवालाई सहजीकरण तथा विस्तार गर्ने सम्बन्धमा समझदारी भएको छ । सम्झौता पछि बैंकका ग्राहकहरुले बचत खाताका साथसाथै डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टिएमस), सी-आस्वा र मेरो सेयर सेवा लिन सक्नेछन् । आफ्ना ग्राहकलाई [&hellip;]</p>

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र नासा सेक्यूरिटीज कम्पनी (स्टक ब्रोकर नं. ५८) बीच निक्षेप सदस्य सेवा अन्तर्गत हितग्राही खाता खोल्ने सम्बन्धी सेवालाई सहजीकरण तथा विस्तार गर्ने सम्बन्धमा समझदारी भएको छ ।

सम्झौता पछि बैंकका ग्राहकहरुले बचत खाताका साथसाथै डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टिएमस), सी-आस्वा र मेरो सेयर सेवा लिन सक्नेछन् । आफ्ना ग्राहकलाई सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी र नासा सेक्यूरिटीज कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।

Share News