काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९०.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४२८ रुपैयाँ थियो ।
यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३९०.८७ रुपैयाँलाई आधार मानेर हुनेछ ।