काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।
हाल संस्थाको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँ छ ।