काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आगामी पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको १२औं साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १७ गते एक दिन बुक क्लोज गर्दै छ ।
तर कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन ।