लाभांश पारित गर्न चिलिमे जलविद्युतले बोलायो २७औं साधारणसभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले २७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस २० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे साधारणसभा डाकेको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको [&hellip;]</p>

काठमाडौं । लाभांश पारित गर्न चिलिमे जलविद्युत कम्पनीले २७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस २० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे साधारणसभा डाकेको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

सञ्चालक समितिका सदस्यहरुको सुविधा बढाउने, दुई जना स्वतन्त्र सञ्चालकको निर्वाचन, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Share News