नेपाल हाइड्रोको ७ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन

<p>काठमाडौं । नेपाल हाइड्रोको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ७ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरी प्रतिकित्ता ३४५.७९ रुपैयाँ कायम गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रोको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ७ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरी प्रतिकित्ता ३४५.७९ रुपैयाँ कायम गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १७औं वार्षिक साधारणसभा पुस १२ गते काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

Share News