तेस्रो सर्किट लागेसँगै बन्द भयो सेयर बजार

<p>काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो । आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो । [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो ।

आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो ।

साथै, एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विभिन्न ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Share News