नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, दुई लघुवित्तसहित तीन कम्पनीको सेयरमा सर्किट

<p>काठमाडौं । बुधबार झिनो अंकले बढेको नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा एक अर्ब ६५ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । बुधबार झिनो अंकले बढेको नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । बिहीबारको सेयर मूल्य मापक नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबारको बजारमा एक अर्ब ६५ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

नेपाल पुनर्बीमा कम्पनीका संस्थापकले धमाधम सेयर बिक्री गरेसँगै बिहीबारको कारोबार रकम बढ्नमा टेवा पुगेको हो । एकैदिन कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

परिसूचक र कारोबार रकम दुबै बढेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये त्रिशुली जलविद्युत्को १० प्रतिशतले बढेर प्रतिकित्ता २९४.८० रुपैयाँ, समाज लघुवित्तको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३६.८० रुपैयाँ र सीवाईसी नेपालको सेयर मूल्य ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता ९८४ रुपैयाँ पुगेको छ ।

टप गेनरको शीर्ष स्थानमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.८१ प्रतिशतले घटेर प्रतिकित्ता ७९१ रुपैयाँमा झरेको छ ।

त्यस्तै, बजारमा कारोबारमा आएका अधिकांश समूह हरिया देखिएका छन् । ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह बढेर हरिया देखिएका हुन् ।

Share News