काठमाडौं । बिहीबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ लघुवित्तले भोलि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
त्यसैले आज मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.३६ प्रतिशत बोनस सेयर र कर पैयोजनसहित ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस ४ गते काठमाडौंमा दिउँसो बिहान ११ बजे बोलाएको हो ।