१ लाख बढीले पाए नेपाल वेयरहाउजिङको आईपीओ, साढे ८४ हजारको आवेदन रद्द

<p>काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार गोलाप्रथामार्फत् बाँडफाँट भएको उक्त आईपीओमा १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । गत मंसिर १० गतदेखि १३ गतेसम्म जारी भएको उक्त आईपीओमा [&hellip;]</p>

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार गोलाप्रथामार्फत् बाँडफाँट भएको उक्त आईपीओमा १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

गत मंसिर १० गतदेखि १३ गतेसम्म जारी भएको उक्त आईपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ९१ हजार ९९८ जनाको आवेदन योग्य रहेको र बाँकी ८४ हजार ५६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको थियो । र, बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने दोश्रो चरणमा सर्वसाधारणमा जारी गरिएको थियो ।

उक्त आईपीओको रिजल्ट सिडिएससीले सञ्चालनमा ल्याएको आईपीओ रिजल्ट डट सिडिएससी डटकम डट एनपी बाट हेर्न सकिने छ ।

Share News