थामिएन बजारको पहिरो, १६१ कम्पनीको सेयर मूल्य घट्दा सबैभन्दा बढी विशाल बजारको

<p>काठमाडौं । करिब एक सातादेखि सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । मंगलबारको बजारमा पनि सेयर मूल्य मापक नेप्से परिसूचक दोहोरो अंक अर्थात १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटी हो । बजारमा नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ । सोमबार एक अर्ब १९ [&hellip;]</p>

काठमाडौं । करिब एक सातादेखि सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । मंगलबारको बजारमा पनि सेयर मूल्य मापक नेप्से परिसूचक दोहोरो अंक अर्थात १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटी हो ।

बजारमा नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ । सोमबार एक अर्ब १९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी माउन्टेन इनर्जी नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ४२.७० रुपैयाँले घटेर प्रतिकित्ता ४३४.९० रुपैयाँमा झरेको छ ।

मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । ६२ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।

बजारमा सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २५ रुपैयाँले बढी हो । त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.५३ प्रतिशतले घटेर प्रतिकित्ता ३४१० रुपैयाँमा झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३५९.४० रुपैयाँले घटी हो ।

Share News