तारागाउँ रिजेन्सीको सेयर कारोबार फुकुवा, गल्ती नदोहोर्याउने कम्पनीको प्रतिवद्धता

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा भएको छ । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको सेयर कारोबार मंगलबार फुकुवा भएको हो । नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै नेप्सेले कारणसहितको स्पष्टिकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार होटल्सले पत्रमार्फत मानवीय त्रुटी हुन गएकोले समयमा जानकारी गराउन नसकिएको [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा भएको छ । लाभांश घोषणा सम्बन्धी जानकारी समयमा नगरेको भन्दै नेप्सेले रोकिदिएको सेयर कारोबार मंगलबार फुकुवा भएको हो ।

नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै नेप्सेले कारणसहितको स्पष्टिकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार होटल्सले पत्रमार्फत मानवीय त्रुटी हुन गएकोले समयमा जानकारी गराउन नसकिएको बताएको छ ।

साथै, कम्पनीले पत्रमार्फत आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता समेत गरेको नेप्सेले बताएको छ ।

कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश जारी गर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर १७ गते बेलुका मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर तारागाउँ रिजेन्सीले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरिदिएको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Share News