नेको इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

<p>काठमाडौं । नेको इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८०को लाभांश नपाउने भएका हुन् । बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सो विवरणअनुसार कायम रहेको मुनाफाबाट लाभांश विवरण [&hellip;]</p>

काठमाडौं । नेको इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८०को लाभांश नपाउने भएका हुन् । बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सो विवरणअनुसार कायम रहेको मुनाफाबाट लाभांश विवरण नगरी सञ्चित गर्ने निर्णय पनि गरेको हाे।

सञ्चालन समितिले गरेको निर्णयसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने र प्राधिकरणबाट स्वीकृत भई आएपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने कम्पनीले जनाएको छ।

यसअघि पनि अर्थात आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।

Share News