मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, यी ४ तरिकाबाट हेर्न सकिन्छ रिजल्ट

<p>काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आईपीओ बाँडफाँँट गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ४० हजार १९९ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ७८ हजार ८६७ जनाको आवेदन योग्य भएको छ भने ६१ हजार ३३२ जनाको आवेदन विभिन्न कारणले [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आईपीओ बाँडफाँँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ४० हजार १९९ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ७८ हजार ८६७ जनाको आवेदन योग्य भएको छ भने ६१ हजार ३३२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा १ लाख १४ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरुको हात रित्तो भएको छ ।

कम्पनीले मंसिर १२ गतेदेखि मंसिर ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूलाई जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको थियो । जसमध्ये दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता कर्मचारी, ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिनेछ । कम्पनीको आईपीओको रिजल्ट हेर्न बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेवसाइट https://www.nimbacecapital.com/, सिडिएससिको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र मुक्तिनाथ कृषि कम्पनीको वेवसाइट https://muktinathcapital.com/ बाट हेर्न सकिन्छ ।

Share News