सोमबार २३ करोडले बढ्यो सेयर कारोबार, सबैभन्दा बढी सोनापुरको

<p>काठमाडौं । सोमबारको सेयर कारोबार २३ करोड ३२ लाख रुपैयाँले बढेको छ । आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकम सो मात्राले बढेको हो । आइतबारको बजारमा ९६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने सोमबार एक अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २९२ वटा स्क्रीप्सको कारोबार [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर कारोबार २३ करोड ३२ लाख रुपैयाँले बढेको छ । आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकम सो मात्राले बढेको हो ।

आइतबारको बजारमा ९६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने सोमबार एक अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२९२ वटा स्क्रीप्सको कारोबार भएको बजारमा सोनापुर मिनरल एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ४६ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ५.२० रुपैयाँले बढेर प्रतिकित्ता ३००.२० रुपैयाँ पुगेको छ ।

बजारमा सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपाल दुबैको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले घटेको छ । यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३११ र ४७७ रुपैयाँमा झरेको छ ।

बजारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र म्यूचुअल फण्ड समूह बढेको छ । बाँकी समूह भने राताम्मे देखिएका छन् ।

बजारमा नेप्से परिसूचक भने सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा झरेको छ ।

Share News