काठमाडौं । पिपुल्स पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजी एक बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति दिई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरिने छ ।
कम्पनीले कोशी प्रदेश, इलाम जिल्लास्थित पुवा-२ जलविद्युत आयोजना ४.९६ मे.व. बाट २०७९ मंसिर १२ गतेदेखि नियमित विद्युत उत्पादन तथा वितरण गरिरहेको छ । आयोजनाको नियमित मर्मत संभार, भुक्तानी बाँकी हिसाब तथा नयाँ आयोजनामा लगानी र लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्नको लागि कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।