उच्च लाभांश घोषणा गरेको तारागाउँ रिजेन्सीको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले होटल्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । होटल्सले बोनस सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले होटल्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

होटल्सले बोनस सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो ।

कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश जारी गर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर १७ गते बेलुका मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर तारागाउँ रिजेन्सीले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो ।

साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।

यससँगै कम्पनीले मंसिर २० गते बुधबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।

तारागाउँ रिजेन्सीको हालसम्मकै उच्च लाभांश घोषणा, नगद ११ प्रतिशत

Share News