तारागाउँ रिजेन्सीको हालसम्मकै उच्च लाभांश घोषणा, नगद ११ प्रतिशत

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले हालसम्मकै उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले हालसम्मकै उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव बिक्रम थापाले बताए ।

यसअघि आर्थिक वर्ष २०७८÷७९मा कम्पनीले सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News