कोष व्यवस्थापनले ५ % लाभांश बाँड्ने, सातौं वार्षिक साधारणसभा पुस ९ गते

<p>काठमाडौं । कोष व्यवस्थापन कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सातौं वार्षिक साधारणसभा पुस ९ गते काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ [&hellip;]</p>

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सातौं वार्षिक साधारणसभा पुस ९ गते काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

Share News