नेप्से एकल बिन्दुले घट्दा ९६ करोडमा खुम्चियो सेयर कारोबार

<p>काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक एकल बिन्दुले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा ०.३९ प्रतिशतले घटी हो । परिसूचक घटेको बजार कारोबार रकम पनि घटेको छ । पछिल्लो साता एक अर्ब माथिको सेयर कारोबार भएको बजारमा आइतबारको कारोबार ९६ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक एकल बिन्दुले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा ०.३९ प्रतिशतले घटी हो ।

परिसूचक घटेको बजार कारोबार रकम पनि घटेको छ । पछिल्लो साता एक अर्ब माथिको सेयर कारोबार भएको बजारमा आइतबारको कारोबार ९६ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ ।

बजारमा कारोबारमा आएका २९३ वटा स्क्रिप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ छ ।

त्यस्तै, बजारमा टप गेनरको शीर्ष स्थानमा थ्री स्टार हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता ३८७ रुपैयाँमा पुगेको छ । त्यस्तै, ९ प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.०४ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ ।

घटेको बजारमा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । माउन्टेन इनर्जी नेपालको ९.९९ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको ९.९९ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । यससँगै यी तीन कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता क्रमशः ५३०.६०, २७३.८० र ३४६.३० रुपैयाँले घटी हो ।

आइतबारको बजारमा लघुवित्त वित्तीय संस्था बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । लघुवित्त समूह भने २.१९ अंकले उकालो लागेको छ ।

Share News