काठमाडौं । अर्किड होल्डिङ्सले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । होटल तथा पर्यटन समूह अन्तर्गतको कम्पनीले एक करोड १५ लाख कित्ता बराबरको सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो ।
बोर्डसँग अनुमति माग्दै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले कूल एक अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । यससँगै बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।