नेपाल हाइड्रोको लाभांश घोषणा, पारित गर्न साधारणसभा आह्वान

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३३ करोड ५९ लाख २६ हजार रुपैयाँको ७ प्रतिशत बोनस सेयर र [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३३ करोड ५९ लाख २६ हजार रुपैयाँको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्नका लागि १७औं वार्षिक साधारणसभा पुस १२ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने र सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Share News