युनिलिभरको १५८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । सोमबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर [&hellip;]</p>

काठमाडौं । सोमबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ हजार ५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३०औं वार्षिक साधारणसभा मंसिर २६ गते होटल याक एण्ड यति काठमाडौंमा दिउँसो साढे ४ बजे बोलाएको हो ।

Share News