सेयर बजारमा उछाल, २ अर्बमाथिको कारोबार

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जको मूल्य परिसूचक नेप्से  ४७.७५ अंकले वृद्धि भएको हो । योसँगै नेप्से परिसूचक १९०७.९५ बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १ करोड १७ लाख रुपैयाँबराबरको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जको मूल्य परिसूचक नेप्से  ४७.७५ अंकले वृद्धि भएको हो । योसँगै नेप्से परिसूचक १९०७.९५ बिन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज २१४ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य भने घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज सबैभन्दा बढी छ्यांदी हाइड्रोपावर र भगवती हाइडेपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै विजय लघुवित्त र स्वरोजगार लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । त्यसैगरी इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सेयर साढे दुई प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Share News