गत साता साढे १० अर्ब रुपैयाँ बढ्यो बजार पुँजीकरण

<p>काठमाडौं । तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ८.११ अङ्कले बढेर १ हजार ८६०.२० को बिन्दुमा कायम छ । गत साताको पहिलो कारोबार सोमबार भएको थियो । १ हजार ८५२.०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन [&hellip;]</p>

काठमाडौं । तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ८.११ अङ्कले बढेर १ हजार ८६०.२० को बिन्दुमा कायम छ ।

गत साताको पहिलो कारोबार सोमबार भएको थियो । १ हजार ८५२.०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक १.३९ अङ्कले बढेर १ हजार ८५३.४८ अङ्कमा कायम भएको थियो ।

सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३.८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक १.२८ प्रतिशतले घटेर १ हजार ८२९.६५ को बिन्दुमा कायम भएको थियो । त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर १ हजार ८५०.३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार ९.८७ प्रतिशतले बढेर १ हजार ८६०.२० अङ्कमा कायम भएको छ ।

यो सातामा ४ अर्ब ४८ करोड ५२ लाख ४३ हजार ५३९ रुपैयाँ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका सेयर सङ्या १ करोड ५६ लाख २८ हजार ४६२ कित्ता बराबर रहेको छ ।

यो साताको पहिलो दिनको कारोबारपछि २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार रुपैयाँ बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड ३ लाख ६० हजार रुपैयाँ कायम भएको छ । एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजार रुपैयाँढेको हो ।

Share News