नेप्सेमा ९ वटा विकास ऋणपत्र सूचीकृत

<p>काठमाडौं । नपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारका विभिन्न ९ वटा विकास ऋणपत्र सूचीकृत भएका छन् । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विभिन्न समयमा बिक्री गरेका ९ वटा ऋणपत्र नेप्सेमा सूचीकृत भएको सहायक प्रवन्धक सरिता पण्डेयले जानकारी दिईन् । उनका अनुसार ६ वर्ष अवधिका ६८० करोड रुपैयाँको २०८६ ‘ज’, १ हजार करोड रुपैयाँको २०८६ ‘झ’, [&hellip;]</p>

काठमाडौं । नपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारका विभिन्न ९ वटा विकास ऋणपत्र सूचीकृत भएका छन् । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विभिन्न समयमा बिक्री गरेका ९ वटा ऋणपत्र नेप्सेमा सूचीकृत भएको सहायक प्रवन्धक सरिता पण्डेयले जानकारी दिईन् ।

उनका अनुसार ६ वर्ष अवधिका ६८० करोड रुपैयाँको २०८६ ‘ज’, १ हजार करोड रुपैयाँको २०८६ ‘झ’, ८८० करोड रुपैयाँ २०८६ ‘ट’, ५६० करोड रुपैयाँ २०८६ ‘ञ’, ६९५ करोड रुपैयाँको २०८६ ‘ठ’ रहेका छन् ।

यस्तै, ५ वर्ष अवधिको १ हजार करोड रुपैयाँको २०८५ ‘ञ’, ८ वर्ष अवधिका १ हजार ३१० करोड रुपैयाँको २०८८ ‘ग’, १ हजार करोड रुपैयाँको २०८८‘ङ’ र १ हजार रुपैयाँको २०८८ ‘घ’ रहेका छन् ।

सबै ऋणपत्रहरूको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ ।

Share News