भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता

<p>काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ४ हजार ६०२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो भने ११ लाख ५६ हजार ९२७ जनाको [&hellip;]</p>

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ४ हजार ६०२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो भने ११ लाख ५६ हजार ९२७ जनाको मात्रै आवेदन सदर भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गालेप्रथा विधिबाट बाँडफाँट गर्दा योग्य आवेदनहरुमध्ये २ लाख ७ हजार ५२८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी रहेको ५ कित्ता सेयर ५ जना लगानीकर्तालाई थप गरी ११ कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बताएको छ । यससँगै कम्पनीको आईपीओमा आवेदन दिएका ९ लाख ४९ हजार ३९९ जनाको हात रित्तो भएको छ ।

कम्पनीले कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म स्थानीय वासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

Share News