२६३ कम्पनीमा ७ खर्ब ७३ अर्ब रूपैयाँ लगानी, पुँजीकरण २८ खर्ब ६१अर्ब

<p>काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ३३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।  यस अवधिमा मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड शेयरको चुक्ता मूल्य रु.७७२ अर्ब ९० करोड रहेको छ ।
२०७९ असोज मसान्तमा १८५८.३३ रहेको नेप्से सूचकाङ्क २०८० असोज मसान्तमा १८६४.६२ कायम भएको छ । २०८० असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.२८६१ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असोज मसान्तमा बजार पुँजीकरण रु.२६७२ अर्ब ७९ करोड रहेको थियो ।

२०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

Share News