नेप्सेमा माथिल्लो मैलुङ खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

<p>काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता सेयर कात्तिक १९ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १ सय अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम कम्पनीको सेयर नेप्सेमा सूचीकृत [&hellip;]</p>

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता सेयर कात्तिक १९ गते नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १ सय अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको सूचीकरण शाखाकी सहायक प्रवन्धक सरिता पाण्डेयले जानकारी दिइन् ।

नेप्सेका अनुसार सर्वसाधारण समूहको ३० प्रतिशत अर्थात् ३० लाख कित्ता र संस्थापक समूहको ७० प्रतिशत अर्थात् ७० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

दोस्रो बजारमा कम्पनीको सेयर एमएमकेजेएल संकेतबाट कारोबार हुनेछ । साथै नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९६.१४ रुपैयाँदेखि अधिकतम २८८.४२ रुपैयाँ तोकेको छ । सोही आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Share News