मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News