नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

<p>काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार ११.२२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेर बन्द भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९३ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, २२ कम्पनीको सेयर मूल्य घटबढ भएन । मंगलबारको [&hellip;]</p>

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार ११.२२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९३ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, २२ कम्पनीको सेयर मूल्य घटबढ भएन ।

मंगलबारको तुलनामा आज कारोबार रकममा भने कमी आएको छ । आज ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ७८ करोड २७ लाख ४३ हजार २ सय ६४ रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको सेयर ८.७ प्रतिशत तथा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर ७.४० प्रतिशतले बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैकको सेयर ६.३८ प्रतिशतले घटेको छ ।

Share News