कुखुराको मासुको मूल्य घट्यो

<p>काठमाडौं । चाडपर्वको समयमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएको हो । कात्तिक २१ गतेदेखि लागू हुने गरी कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएर प्रतिकेजी ३२० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्ने राष्ट्रिय कुखुरा व्यवसायी संघका [&hellip;]</p>

काठमाडौं । चाडपर्वको समयमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएको हो ।

कात्तिक २१ गतेदेखि लागू हुने गरी कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएर प्रतिकेजी ३२० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्ने राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।

यसअघि उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी ३३५ रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दै आएका थिए ।

‘काठमाडौंमा जति पनि होलसेल गर्ने कोल्ड स्टोरहरु छन्, त्यहाँबाट प्रतिकेजी ३२० रुपैयाँमा कुखुराको मासु खरिद गर्न पाउँछन्,’ अध्यक्ष बिसीले भने ।

Share News